काराबाओ कपको फाइनलमा चेल्सी
च्याम्पियनसिप टोलीले पहिलो लेगमा चेल्सीमाथि १–० को अप्रत्याशित नतिजा निकालेको थियो । तर, घरेलु मैदानमा चेल्सीले शानदार प्रदर्शन गर्न सफल भयो ।काठमाडौं, माघ १० : दोस्रो लेगमा मिडल्सब्रोमाथि गोलवर्षा गर्दै चेल्सी काराबाओ कपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा चेल्सी ६–१ गोलले विजयी बन्दै समग्रमा ६–२ गोल अन्तरले विजयी बनेको हो ।
च्याम्पियनसिप टोलीले पहिलो लेगमा चेल्सीमाथि १–० को अप्रत्याशित नतिजा निकालेको थियो । तर, घरेलु मैदानमा चेल्सीले शानदार प्रदर्शन गर्न सफल भयो । पहिलो हाफमा नै चेल्सीले ४ गोल गरेको थियो । जोनी होसनले आत्मघाती गोल गरे भने इन्जो फर्नान्डेज, एक्सल डिसासी र कोल पाल्मरले एक–एक गोल थपे ।
दोस्रो हाफमा पाल्मरले अर्को गोल थपे भने नोनी माडुएकेले आधा दर्जन गोल पुरा गरे । खेलको अन्त्यमा मोर्गन रोजर्सले मिडल्सब्रोका लागि सान्त्वना गोल गरे । अब चेल्सीले फाइनलमा खेलमा लिभरपुल र फुलह्यामबिचको विजेतासँग भिड्नेछ । फाइनल खेलमा फेब्रुअरी २५ मा वेम्बलीमा खेलिनेछ ।
प्रकाशित मिति: ०८:१७ बजे, बुधबार, माघ १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मार्टिन गप्तिल र निकालेस क्रिटन नेपाल आइपुगेबिहीबार, मंसिर १३, २०८१
रियल लिभरपुलसँग पराजित, लिभपुरल शीर्ष स्थानमाबिहीबार, मंसिर १३, २०८१
जनकपुर बोल्ट्सले एनपिएलको उपाधि जित्न सक्ने मुख्य तीन आधारबुधबार, मंसिर १२, २०८१
एनपिएलको उद्घाटनको खेलको टिकट ‘सोल्ट आउट’बुधबार, मंसिर १२, २०८१