Kathmandu Press

२४ प्रहरी सम्पर्कविहीन, सात दिनभित्र हाजिर हुन निर्देशन

प्रहरी महनिरीक्षकको सचिवालयले सूचना जारी गर्दै ३ जना प्रहरी सहायक निरीक्षक (असई) हवलदार,३ जना प्रहरी सहायक हवलदार र १८ जना प्रहरी जवान एक महिनाभन्दा  बढी समयदेखि आफूखुशि गैरहाजिर रहेको जानकारी दिएको छ।
२४ प्रहरी सम्पर्कविहीन, सात दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौं, माघ १० : प्रहरी प्रधान कार्यालयले एक महिनाभन्दा बढी समयदेखि गैरहाजिर रहेका २४ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।

प्रहरी महनिरीक्षकको सचिवालयले सूचना जारी गर्दै ३ जना प्रहरी सहायक निरीक्षक (असई) हवलदार,३ जना प्रहरी सहायक हवलदार र १८ जना प्रहरी जवान एक महिनाभन्दा  बढी समयदेखि आफूखुशि गैरहाजिर रहेको जानकारी दिएको छ।

उनीहरूको खोजतलास गर्दा पनि सम्पर्कमा नआएकाले प्रहरी प्रधान कार्यालयले सात दिन भित्र स्पष्टिकरणसहित सम्पर्कमा आउन निर्देशन दिँदै सूचना जारी गरेको हो।

प्रहरी प्रधान कार्यालयले उनीहरूलाई सात दिनभित्र पनि सम्पर्कमा नआए प्रहरी नियमावलीका अनुसार  सेवाबाट हटाइने चेतावनी दिएको छ। 

police-samparkabihin-1706056526.jpg

प्रकाशित मिति: ०७:४६ बजे, बुधबार, माघ १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्