आहा रारा गोल्डकपको उद्घाटन खेलमा थ्री स्टार विजयी
पोखरा रंगशालामा भएको खेलमा थ्री स्टारले आयोजक सहारा क्लबलाई २–१ले हरायो ।
कास्की, माघ १० : पोखरामा आजबाट सुरु भएको आहा रारा गोल्पकपको उद्घाटन खेलमा एडिभिजन क्लब थ्री स्टार विजयी भएको छ। पोखरा रंगशालामा भएको खेलमा थ्री स्टारले आयोजक सहारा क्लबलाई २–१ले हरायो ।
थ्री स्टारका लागि योगेश गुरुङ र एञ्जल महर्जनले गोल गरे भने सहाराका आशिष गुरुङले गोल गरेका थिए।
पाँचौं मिनेटमा योगेशको गोलमा खेलमा थ्री स्टारले अग्रता लियो। २३औं मिनेटमा साहरा क्लबले खेलालाई बराबरीमा ल्यायो। आशिषले लक्ष्मण रुचालको कर्नरमा गोल गरेका थिए।
५९औं मिनेटमा एन्जलले गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाए। त्यसपछि गोल नहुँदा थ्री स्टार विजयी भयो।
थ्री स्टारले क्वार्टरफाइलनमा भुटानको पारो एफसीसँग खेल्नेछ। पोरो बाइ पाएर सिधै क्वार्टरफाइनलमा पुगेको हो।
प्रतियोगिता अगन्तर्गत बुधबार राइजिङ स्टार एफसी र त्रिभुवन आर्मी क्लबबीच हुनेछ।
प्रकाशित मिति: २०:२८ बजे, मंगलबार, माघ ९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










