कांग्रेस सच्चिएर आए सहकार्य गर्न तयार छौं : लिङ्देन
विश्व हिन्दु महासंघले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा लिङ्देनले गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताका विषयमा कांग्रेस सच्चिएर आए सहकार्य गर्न तयार रहेको बताएका छन्।
काठमाडौं, माघ ९ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस सच्चिएर आए सहकार्य गर्न तयार रहेको बताएका छन्।
विश्व हिन्दु महासंघले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा लिङ्देनले गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताका विषयमा कांग्रेस सच्चिएर आए सहकार्य गर्न तयार रहेको बताएका छन्।
उनले माओवादीको एजेण्डालाई कांग्रेसले सहिछाप गरेकाले मुलुक धर्मनिरपेक्ष हुन पुगेको बताए। अध्यक्ष लिङ्देनले कांग्रेसले राप्रपालाई अछुत जस्तो व्यवहार गरेकै कारण राष्ट्रियसभा निर्वाचनमा एमालेसँग मिल्नुपरेको धारणा राखे।
उनले आफुलाई हिन्दुवादी भन्नेहरुले नै राप्रपालाई मत नदिएका कारण राजसंस्थासहितको हिन्दुराष्ट्र स्थापित गर्न समस्या भएको बताए।
अध्यक्ष लिङ्देनले भ्रष्ट नेताहरुका कारण राजनीतिप्रति जनतामा वितृष्णा जागेको पनि बताए।
प्रकाशित मिति: १९:१९ बजे, मंगलबार, माघ ९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार