Kathmandu Press

‘संविधान कार्यान्वयनमा नेताहरूले अग्रसरता लिनुपर्छ’

नेता कोइरालाले मुलुकको अवस्था अत्यन्त गम्भीर रहेकाले संविधान कार्यान्वयनका लागि राजनीतिक दलका नेताहरुले अग्रसरता लिनुपर्ने बताए।
‘संविधान कार्यान्वयनमा नेताहरूले अग्रसरता लिनुपर्छ’

मोरङ, माघ ९ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान कार्यान्वयनका लागि राजनीतिक दलका नेताहरूले अग्रसरता लिनुपर्ने बताएका छन्।

मंगलवार विराटनगरमा आयोजना गरिएको कृष्णप्रसाद कोइराला सम्मान समर्पण कार्यक्रममा नेता कोइरालाले मुलुकको अवस्था अत्यन्त गम्भीर रहेकाले संविधान कार्यान्वयनका लागि राजनीतिक दलका नेताहरुले अग्रसरता लिनुपर्ने बताए।

Hardik ivf

उनले मुलुकमा भ्रष्टचार र दण्डहिनता बढ्दै गएपनि जवाफदेहीता कसैसंग नभएको बताए। उनले मुलुकको राजनैतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक सबै क्षेत्रमा विकृति र विसंगति देखिएकाले जनताले विद्रोह गर्नुपर्ने अवस्था आएको धारणा राखे।

कार्यक्रममा पिताजी कृष्ण प्रसाद कोइराला सम्मान पूर्व प्रधानन्यायाधीस कल्याण श्रेष्ठलाई प्रदान गरिएको थियो। सम्मान ग्रहणपछि बोल्दै पूर्वप्रधानन्यायाधीस श्रेष्ठले संविधानमा अनेकौ त्रुटी रहेकाले पूनरावलोकन गर्ने बेला आईसकेको धारणा राखे।

प्रकाशित मिति: १८:२० बजे, मंगलबार, माघ ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्