Kathmandu Press

एनसेलको शेयर बिक्री कार्यान्वयन नगर्ने अन्तरिम आदेशलाई उच्च अदालतले दियो निरन्तरता

न्यायाधीशहरू शालिग्राम कोइराला र श्यामकुमार भट्टराईको इजलासले कानूनी व्यवस्थाको परिपालना र स्वामित्व परिवर्तनको विषय देखिएको भन्दै अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो।
एनसेलको शेयर बिक्री कार्यान्वयन नगर्ने अन्तरिम आदेशलाई उच्च अदालतले दियो निरन्तरता
Hardik ivf

काठमाडौं, माघ ९ : एनसेलको पछिल्लो शेयर खरिद बिक्री सम्झौता कार्यान्वयन नगर्नु भन्ने अल्पकालिन अन्तरिम आदेशलाई उच्च अदालत पाटनले निरन्तरता दिएको छ।

न्यायाधीशहरू शालिग्राम कोइराला र श्यामकुमार भट्टराईको इजलासले कानूनी व्यवस्थाको परिपालना र स्वामित्व परिवर्तनको विषय देखिएको भन्दै अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो।

उच्च अदालत पाटनले रिट निवेदनको अन्तिम किनारा नलाग्दासम्म अन्तरिम आदेशले निरन्तरता पाउने भनेको छ।

प्रकाशित मिति: १८:१४ बजे, मंगलबार, माघ ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्