जनमत पार्टी मधेश सरकारबाट बाहिरियो
जनमतको मधेश संसदीय दलको मंगलबार बसेको बैठकले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय गरेको हो।
धनुषा, माघ ९ : सीके राउत नेतृत्वको जनमत पार्टी मधेश सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको छ।
जनमतको मधेश संसदीय दलको मंगलबार बसेको बैठकले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय गरेको हो।
जनमतपार्टीबाट मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री बनेका महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंहले मंगलबार राजीनामा दिएका छन् । जनता समाजवादी पार्टीका तर्फबाट मुख्यमन्त्री बनेका सरोजकुमार यादव समक्ष राजिनामा बुझाएका हुन्।
प्रकाशित मिति: १७:५४ बजे, मंगलबार, माघ ९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार