विमानस्थल सुधारका कामको प्रतिवेदन पेस गर्न सरकारलाई निर्देशन
सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले निगम तथा मुलुकमा भएका बिमानस्थलहरुको सुधारका लागि भएका अध्ययन तथा अनुसन्धानको प्रतिवेदन पेश गर्न नागरिक उड्ययन मन्त्रालय र निगमलाई निर्देशन दिएको हो।
काठमाडाैं, माघ ९ : प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपाल वायुसेवा निगम तथा विमानस्थलहरुको सुधारका लागि भएका कामहरुको प्रतिवेदन पेश गर्न सरकारलाई निर्देशन दिएको छ।
सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले निगम तथा मुलुकमा भएका बिमानस्थलहरुको सुधारका लागि भएका अध्ययन तथा अनुसन्धानको प्रतिवेदन पेश गर्न नागरिक उड्ययन मन्त्रालय र निगमलाई निर्देशन दिएको हो।
बैठकले मन्त्रिपरिषद् कार्यालयमा पठाइएको भनिएको नागरिक उडड्यनसम्बन्धि विधेयकको अवस्थामा बारेमा पनि समितिमा जानकारी गराउन मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति राजकिशोर यादवले जानकारी दिए।
बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले बिमानको अभावका कारण धेरै बिमानस्थलहरु प्रयोगबिहिन भएको भन्दै थप ३ वटा जहाज किन्ने तयारी भएको जानकारी दिए। उनले पुरानो ट्वीनेटर बिमानलाई पनि मर्मत गर्ने काम भइरहेको बताए।
प्रयाप्त बिमानहरु भए सवै बिमानस्थलमा उडान गर्न सकिने उहाको भनाइ छ। त्यस्तै उहाले राजनीतिक हस्तक्षेप र कर्मचारीको काम नगर्ने प्रवृतिका कारण निगम धरासायी भएको भन्दै अव निगमको व्यवस्थापनलाई सुधार गर्ने जिकिर गरे।
बैठकमा समिति सदस्यहरुले निगमको व्यवस्थापन कमजोर हुँदा निगम कमजोर हुँदै गएको बताएका थिए। उनीहरुले भएका जहाजहरुलाई नचलाउने र नयाँ किन्न खोज्ने प्रवृतिलाई अन्त्य गर्नुपर्ने धारणा राखेका थिए। समिति सदस्य माधव कुमार नेपालले अहिलेको अवस्थाका चल्न सक्ने बिमानस्थललाई मात्रै सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो। उहाले नयाँ बिमानस्थलको सम्भाव्यता अध्ययन औचित्यका आधारमा गर्नुपर्ने सुझाव दिए।
त्यस्तै बैठकमा निगमका प्रतिनिधिहरुले सिङ्गापुर, सिड्नी उडानका लागि तयारी भइरहको र निगमले मुनाफा भन्दा पनि गुणस्तरीयता र सुरक्षालाई प्राथमिकता दिएको बताएका थिए।












