Kathmandu Press

माघ २२ मा संसद अधिवेशन बोलाउन सरकारको सिफारिस

यसअघि गत कात्तिक १६ गते संसदको वर्षे अधिवेशन अन्त्य भएकाे थियाे।
माघ २२ मा संसद अधिवेशन बोलाउन सरकारको सिफारिस

काठमाडौं, माघ ९ : सरकारले यही माघ २२ गतेका लागि संघीय संसदको अधिवेशन बोलाउन सिफारिस गरेको छ।

मन्त्रिपरिषदकाे मंगलबार बसेको बैठकले  राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक माघ २२ गते दिनको ४ बजे बस्ने गरी अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।

Hardik ivf

यसअघि गत कात्तिक १६ गते संसदको वर्षे अधिवेशन अन्त्य भएकाे थियाे।

यस्तै मन्त्रिपरिषद् बैठकले जापान सरकारबाट कोटेश्वर इन्टरसेक्सन इम्प्रुभमेन्ट प्रोजेक्ट कार्यान्वयनका लागि प्रस्ताविक ३४ अर्व ४९ करोड जापानी यन सहायतासम्बन्धी मस्यौदा सम्झौतालाई अन्तिम रूप दिन जापान सरकारसँग वार्ता गर्ने टोली गठन गर्ने निर्णय भएको प्रवक्ता शर्माले बताइन्।

त्यस्तै बैठकले राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को नियमन १६ को उपनियम (१) को खण्ड (क) बमोजिम डा. असिम भण्डारीलाई राष्ट्रिय एन्टिडोपिङ एजेन्सीको संयोजक पदमा मनोनयन गर्ने निर्णय पनि गरेको छ। 

प्रकाशित मिति: १७:१० बजे, मंगलबार, माघ ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्