पिएम कप : बागमतीमाथि गण्डकी र कोशीमाथि कर्णालीकाे जित
टियु क्रिकेट मैदानमा मंगलबार भएको खेलमा गण्डकीले बागमतीलाई तीन विकेटले पराजित गरेको हो। मूलपानी मैदानमा भएको खेलमा कर्णाली प्रदेशले कोशीलाई ६ विकेटले पराजित गर्यो।काठमाडौं, माघ ९ : प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगीतामा गण्डकी प्रदेशले बागमती प्रदेशलाई पराजित गरेको छ।
टियु क्रिकेट मैदानमा मंगलबार भएको खेलमा गण्डकीले बागमतीलाई तीन विकेटले पराजित गरेको हो। जितका लागि १९९ रनको लक्ष्य पछ्याएको गण्डकीले तीन बल बाँकी रहँदा ७ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। गण्डकीका लागि करन पंगेनीले सर्वाधिक ७९ रन बनाए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको बागमती ४९.१ ओभर खेल्दा १९८ रनमा समेटियो। गण्डकीका लागि कमल परियारले ४ विकेट लिए।
त्यस्तै मूलपानी मैदानमा भएको खेलमा कर्णाली प्रदेशले कोशीलाई ६ विकेटले पराजित गर्यो। जारी प्रतियोगीतामा कोशीको यो सातो हार हो। कर्णालीले जितका लागि आवश्यक १ सय ५२ रन ३० औं ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो। त्यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको कोशीले ३४.३ ओभरमा अलआउट हुनुअघि १ सय ५१ रन जोडेको थियो।
त्यस्तै भैरहवा रंगशालामा भएको खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल एपिएफ क्लबलाई ४ विकेटले हराएको छ। आर्मीले जितका लागि आवश्यक १ सय २२ रन २४ औं ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो। त्यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको एपिएफले ३२.४ ओभरमा १ सय २१ रन बनाउदै अलआउट भयो।