Kathmandu Press

नार्कका कार्यकारी निर्देशक भट्टराईलाई काम गर्न अदालतको रोक 

कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालले भट्टराईलाई दोस्रो कार्यकालका लागि नार्कको कार्यकारी निर्देशकमा नियुक्त गरेका थिए। उच्च अदालतले आगामी बैशाख १४ गतेसम्म अल्पकालीन अन्तरिम आदेश जारी गरी कामकारवाहीमा रोक लगाएको हो।
नार्कका कार्यकारी निर्देशक भट्टराईलाई काम गर्न अदालतको रोक 

काठमाडौं, माघ ९ : नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कार्यकारी निर्देशक ध्रुवराज भट्टराईलाई काम गर्न रोक लगाउने गरी उच्च अदालत पाटनबाट अन्तरिम आदेश जारी भएको छ। 

कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालले भट्टराईलाई दोस्रो कार्यकालका लागि नार्कको कार्यकारी निर्देशकमा नियुक्त गरेका थिए। उच्च अदालतले आगामी बैशाख १४ गतेसम्म अल्पकालीन अन्तरिम आदेश जारी गरी कामकारवाहीमा रोक लगाएको हो।

Hardik ivf

कृषि तथा पशुपन्छी विकासमन्त्री भुसालले परिषद्को ऐन र विनियनको उल्लंघन गरी भट्टराईलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको दाबीसहित टिकाराम चापागाईं समेत तीनजनाले उच्च अदालत पाटनमा रिट दिएका थिए। अदालतले बैशाख १४ गतेसम्मका लागि मन्त्रि भुसालले गरेको नियुक्तिको निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्न भनेको छ। 

गत पुस २३ गते भट्टराईलाई दोस्रो पटकका लागि कार्यकारी निर्देशकमा नियुक्त गरेका थिए। अल्पकालिन अन्तरिम आदेश उपर छलफलका लागि आगामी बैशाख १४ गते रिट निवेदक र विपक्षीलाई छलफलमा डाकिएको छ। त्यस दिन अल्पकालिन अन्तरिम आदेशले निरन्तरता पाउने नपाउने बिषयमा संयुक्त इजलासमा छलफल हुने छ।  
 
प्रकाशित मिति: १६:३६ बजे, मंगलबार, माघ ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्