रवि लामिछानेविरुद्ध राज्य व्यवस्था समितिमा उजुरी
सांसदसमेत रहेका लामिछानेविरुद्ध सिन्धुलीका युवराज सफलले मंगलबार उजुरी दिएका हुन्। लामिछाने उक्त समितिका सदस्यसमेत हुन्। उजुरीमा सहकारी घोटाला प्रकरणमा लामिछाने संलग्न रहेको आरोप लगाउँदै छानबिनको माग गरेका छन्।
काठमाडौं, माघ ९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि छानविनको मागसहित प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ।
सांसदसमेत रहेका लामिछानेविरुद्ध सिन्धुलीका युवराज सफलले मंगलबार उजुरी दिएका हुन्। लामिछाने उक्त समितिका सदस्यसमेत हुन्। उजुरीमा सहकारी घोटाला प्रकरणमा लामिछाने संलग्न रहेको आरोप लगाउँदै छानबिनको माग गरेका छन्।
सफलले सभामुख देवराज घिमिरेको सचिवालयमा पनि उजुरी दर्ता गराएका छन्। यसअघि नागरिकता र राहदानी प्रकरणमा पनि सफलले लामिछानेविरुद्ध सर्वोच्चमा मुद्दा हालेका थिए।
प्रकाशित मिति: १६:१४ बजे, मंगलबार, माघ ९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार