Kathmandu Press

पूर्ण खोप कार्यक्रममा अपेक्षित सफलता पाउन नसकेको भन्दै स्वास्थ्यमन्त्रीकाे असन्तुष्टि

स्वास्थ्य मन्त्री बस्नेतले कर्मचारीको कार्यशैली प्रति असन्तुष्टि पोख्दै क्षमता अनुसार काम नभएको बताए।
पूर्ण खोप कार्यक्रममा अपेक्षित सफलता पाउन नसकेको भन्दै स्वास्थ्यमन्त्रीकाे असन्तुष्टि

काठमाडाैं, माघ ९ : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पूर्ण खोप कार्यक्रममा अपेक्षित सफलता पाउन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले मंगलबार काठमाडौमा आयोजना गरेको राष्ट्रिय दादुरा–रुबेला खोप अभियान २०८०/८१ को उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले कर्मचारीको कार्यशैली प्रति असन्तुष्टि पोख्दै क्षमता अनुसार काम नभएको बताए।

Hardik ivf

सरकारले सन् २०२६ सम्म दादुरा–रुवेला निवारण गर्ने लक्ष्य लिएको भए पनि यही गतिमा काम गर्ने हो भने त्यो सम्भव नभएकोले स्वास्थ्यका हरेक कर्मचारीले आफ्नो काम गर्ने शैली परिवर्तन गर्नु आवश्यक रहेको मन्त्री बस्नेतले बताए। देशभरिका ७२ वटा जिल्ला पुर्ण खोप जिल्लाका रुपमा घोषणा गरिसकिएको भए पनि देश भरिपूर्ण खोप लिएका बालबालिकाको संख्या किन ५२ प्रतिशतभन्दा माथि उठ्न नसकेको भन्दै यसरी लक्ष्य पुरा नहुने बताए।

सन् २०२३ मै निवारण गरिसक्ने लक्ष्य लिएको भए पनि कर्मचारीकै ढिलासुस्ती र गैरजिम्मेवारीपनका कारण त्यो पुरा हुन नसकेर सन् २०२६ को लक्ष्य लिएको भए पनि जिम्मेवारीका साथ काम भइनरहेकोले फेरि अर्को मिति तोक्नु पर्ने अवस्था आउन नहुने मन्त्री बस्नेतले बताए।

स्वास्थ्यका कर्मचारीको अहिलेको काम गर्ने तौरतरिका परिवर्तन नभए स्वास्थ्यमा अपेक्षाकृत नतिजा हासिल गर्न कठिन हुने बताउदै मन्त्री बस्नेतले सरकारले दिएको जिम्मेवारी गहन ढंगले बहन गर्न सबै कर्मचारीलाई निर्देशन दिए। स्वास्थ्य मन्त्रालय मानवीय संवेदना बोकेको मन्त्रालय भएको बताउँदै उनले परिणममुखी नतिजा आउने गरि काम गर्न आग्रह गरे।

१०० शैयादेखि ३०० शैयासम्मका अस्पतालमा नर्स र प्यारामेडिक्सको पढाई हुने गरि काम अगाडि बढी सकेको र निकट भविश्यमै ३०० शैयाका अस्पतालमा एमविविएससम्मको अध्ययन गर्ने व्यवस्था गर्ने योजनाका साथ आफू अगाडि बढेको भन्दै मन्त्री बस्नेतले निकट भविश्यमै नेपाल चिकित्सा शिक्षाको हब हुने दाबी गरे।

प्रकाशित मिति: १५:५० बजे, मंगलबार, माघ ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्