भिजिट भिसामा शंका उत्पन्न भएपछि ८४ यात्रुलाई विमानास्थलमा रोक
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले एक दिनमा ८४ जनालाई यात्रामा रोक लगाएको हो। विना प्रक्रिया दुबई, कतार, बहराइन लगायतका देशमा जान लागेका यात्रुलाई विमानास्थलबाट फिर्ता गरिएको हो।
काठमाडौं, माघ ९ : भिजिट भिसामा विभिन्न देश जान लागेका ८४ जना यात्रुलाई प्रक्रिया नपुगेको बताउँदै विमानस्थलमा रोकिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले एक दिनमा ८४ जनालाई यात्रामा रोक लगाएको हो। विना प्रक्रिया दुबई, कतार, बहराइन लगायतका देशमा जान लागेका यात्रुलाई विमानास्थलबाट फिर्ता गरिएको हो।
चेकजाँच गर्दा कागजातको प्रक्रिया नमिलेको अध्यागमनले जनाएको छ। उनीहरु भिजिट भिसाको बहानामा फरक प्रयोजनका लागि विदेश जाने तयारीमा रहेको आशंकामा फिर्ता गरिएको हो।
प्रकाशित मिति: १५:३० बजे, मंगलबार, माघ ९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार