३३ किलो सुन प्रकरणमा पोद्दारसहित १७ जनाविरुद्ध मुद्दा
उनीहरुविरुद्ध संगठित अपराध गरेको कसूरमा अदालतमा मुद्दा दर्ता गरिएको हो।
काठमाडौं, माघ ९ : जिल्ला सरकारी वकील कार्यालय, काठमाडौंले ३३ किलो सुन प्रकरणमा व्यवसायी विमल पोद्दारसहित १७ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ।
उनीहरुविरुद्ध संगठित अपराध गरेको कसूरमा अदालतमा मुद्दा दर्ता गरिएको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकीलले सजाय र जरिवानाको मागसहित मुद्दा दायर गरेको छ। पोद्दारले अर्का व्यवसायी रुपेश श्रेष्ठसँग मिलेर क्रिप्टो कारोबार गरेको आरोप समेत लगाइएको छ।
मुद्दा दायर भएका अधिकांस प्रतिबादी फरार छन्। फरार प्रतिबादीमा पोद्दारसहित रचना शर्मा, ओमकुमार श्रेष्ठ, बिगल सिंह शर्मा, शरद भट्टराई, वीरेन्द्र मगर, दीपक शर्मा, वाङ्देन फुन्सोक लामा, गोविन्दप्रसाद श्रेष्ठ, रुदे तामाङ र अंशुल श्रेष्ठ छन्।
प्रकाशित मिति: १५:२८ बजे, मंगलबार, माघ ९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












