Kathmandu Press

जंगी अड्डामा सेनाकाे विशेष प्रदर्शनी

प्रदर्शनीमा सेनाको विगतदेखि वर्तमानसम्मका गतिविधि झल्कने तस्बिर, हातहतियार र उपकरण राखिएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए।
जंगी अड्डामा सेनाकाे विशेष प्रदर्शनी

काठमाडाैं, माघ ९ : नेपाली सेनाको स्थापना दिवस–२०८० को उपलक्ष्यमा जंगी अड्डा परिसरमा तस्बर तथा युनिट विशेष प्रदर्शनी सुरू भएको छ। प्रधानसेनापति प्रभुराम शर्माले प्रदर्शनीकाे उद्घाटन गर्दै स्टलहरुको अवलोकन गरेका छन्। आज सुरु भएको प्रदर्शनी १३ गतेसम्म पाँच दिन चल्नेछ। बिहान १० देखि अपराह्न ५ बजेसम्म प्रदर्शनी अवलाेकन गर्न सकिनेछ।

PRO_KTM_NEPALI_SENA(1)-1706001630.jpg

प्रदर्शनीमा सेनाको विगतदेखि वर्तमानसम्मका गतिविधि झल्कने तस्बिर, हातहतियार र उपकरण राखिएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए। प्रदर्शनीबाट सैनिकसम्बन्धी पोसाक, ब्यान्ड, हवाइ सेवा, घोडचढी, जंगल र पहाडी युद्धकला, विशेष फौज, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेनासम्बन्धी जानकारी  प्राप्त हुनेछ।

Hardik ivf

PRO_KTM_NEPALI_SENA(4)-1706001629.jpg

सेनाद्वारा सञ्चालित विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुदका साथै सैनिक विद्यालयलगायत गतिविधि र श्रव्यदृश्य सामग्रीको समेत प्रदर्शनी हुने जानकारी लिन सकिनेछ। आमनागरिकलाई नेपाली सेनासम्बन्धी विविध गतिविधि नजिकबाट नियाल्ने अवसर प्रदान गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको प्रवक्ता भण्डारीले बताए।

 

PRO_KTM_NEPALI_SENA(6)-1706001626.jpg

PRO_KTM_NEPALI_SENA(10)-1706001619.jpg

PRO_KTM_NEPALI_SENA(8)-1706001622.jpg

PRO_KTM_NEPALI_SENA(9)-1706001623.jpg

PRO_KTM_NEPALI_SENA(7)-1706001626.jpg

PRO_KTM_NEPALI_SENA(11)-1706001618.jpg

PRO_KTM_NEPALI_SENA(2)-1706001618.jpg

 

प्रकाशित मिति: १५:१३ बजे, मंगलबार, माघ ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्