आयुषलाई सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडीको सम्मान
पोखरा रंगशालामा सञ्चालन हुने ‘आहा रारा पोखरा गोल्डकप’को अवसरमा साहरा क्लब पोखराले आयुषलाई वर्षको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान प्रदान गर्ने भएको हो।
कास्की, माघ ९ : नेपाली राष्ट्रिय फुटबल टोलीका विंगर आयुष घलानलाई पोखरामास सम्मान गरिने भएको छ।
पोखरा रंगशालामा सञ्चालन हुने ‘आहा रारा पोखरा गोल्डकप’को अवसरमा साहरा क्लब पोखराले आयुषलाई वर्षको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान प्रदान गर्ने भएको हो। उनलाई आजै हुने प्रतियोगिताको उद्घाटनका अवसरमा सम्मान गरिनेछ।
हेटौंटाका आयुष पछिल्लो समय चर्चामा रहेका युवा स्टार हुन्। उनले राष्ट्रिय टिम र क्लब फुटलब दुवैमा आफ्नो छाप छोडेका छन्। याे सिजन आयुषले ए डिभिजन लिग संकटा क्लब र नेपाल सुपर लिग पाेखरा थन्डर्सबाट खेलेका थिए।
आहा रारा गोल्डकप आजबाट माघ २० गतेसम्म पोखरा रंगशालामा आयोजना हुनेछ। प्रतियोगितामा १२ टिम सहभागी छन्। उद्घाटन खेलमा आज आयोजक सहारा र थ्रिस्टार क्लबका बीचमा हुनेछ।
प्रकाशित मिति: १२:१२ बजे, मंगलबार, माघ ९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










