न्युजिल्यान्डविरुद्ध अर्जुन कुमालको अर्धशतक
दक्षिण अफ्रिकामा जारी न्युजिल्यान्डविरुद्धको खेलमा अर्जुनले ७३ बलमा ७ चौका प्रहार गर्दै अर्धशतक प्रहार गरे।काठमाडाैं, माघ ७ : यू–१९ विश्वकमा नेपाली ओपनर अर्जुन कुमालले अर्धशतक प्रहार गरेका छन्।
दक्षिण अफ्रिकामा जारी न्युजिल्यान्डविरुद्धको खेलमा अर्जुनले ७३ बलमा ७ चौका प्रहार गर्दै अर्धशतक प्रहार गरे।
अर्जुनको शतकका बाबजुद ३०३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल दबाबमा परेको छ। ताजा अवस्थामा नेपाल ३०.३ ओभरमा १३३ रन बनाउँदा ७ विकेट गुमाएको छ।
अर्जुन ६१ रन बनाएर खेलिरहेका छन्। नेपालका लागि कप्तान देव खनालले ३४ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ३६ रन बनाउँदा दीपक बोहरा १५ रन बनाएर आउट भए।
न्युजिल्यान्डका मासन क्लार्कले ३ विकेट लिए।
त्यसअघि सेन्हिथ रेड्डीको १४७ रनको मद्दतमा न्युजिल्यान्डले ८ विकेटको क्षतिमा ३०२ रन बनायो।
प्रकाशित मिति: २०:३२ बजे, आइतबार, माघ ७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मार्टिन गप्तिल र निकालेस क्रिटन नेपाल आइपुगेबिहीबार, मंसिर १३, २०८१
रियल लिभरपुलसँग पराजित, लिभपुरल शीर्ष स्थानमाबिहीबार, मंसिर १३, २०८१
जनकपुर बोल्ट्सले एनपिएलको उपाधि जित्न सक्ने मुख्य तीन आधारबुधबार, मंसिर १२, २०८१
एनपिएलको उद्घाटनको खेलको टिकट ‘सोल्ट आउट’बुधबार, मंसिर १२, २०८१