Kathmandu Press

न्युजिल्यान्डविरुद्ध नेपालले पहिला बलिङ गर्ने

न्युजिल्यान्डले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले बलिङ गर्न लागेको हो।
न्युजिल्यान्डविरुद्ध नेपालले पहिला बलिङ गर्ने

काठमाडौं, माघ ७ : दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकपमा नेपालले आज न्युजिल्यान्डसँग खेल्दै छ।

दक्षिण अफ्रिकाको बुफालो पार्कमा समूहको पहिलो खेलमा नेपालले न्युजिल्यान्डविरुद्ध पहिला बलिङ गर्ने भएको छ। न्युजिल्यान्डले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले बलिङ गर्न लागेको हो।

समूह डीमा रहेका दुवै टिमको यो पहिलो खेल हो। यो समूहमा पाकिस्तान र अफगानिस्तान पनि छन्।

यू–१९ विश्वकपमा नेपाल न्युजिल्यान्डसँग अपराजित छ। त्यसैले नेपाल आज मैदानमा उत्रँदा केही उत्साहित हुनेछ।

दुई पटक भएको भेटमा दुवै पटक नेपाल विजयी भएको छ। सन् २००६मा १ विकेट र सन् २०१६मा ३२ रनले नेपाल विजयी भएको थियो।

प्रकाशित मिति: १३:३६ बजे, आइतबार, माघ ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्