पिएम कप : कर्णालीमाथि मधेसकाे जित
टियु क्रिकेट मैदानमा शनिबार भएको खेलमा मधेशले कर्णालीलाई ६१ रनले पराजित गरेको हो।
काठमाडाैं, माघ ६ : प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेस प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको छ।
टियु क्रिकेट मैदानमा शनिबार भएको खेलमा मधेशले कर्णालीलाई ६१ रनले पराजित गरेको हो। जितका लागि २३२ रनको लक्ष्य पछ्याएको कर्णाली ४१ दशमलव १ ओभर खेल्दा १ सय ७० रनमा समेटियो।
कणालीका लागि अर्जुन घर्तिले अधशतकिय पारी खेल्दै ५८ रन बनाए। मधेशका राजेश यादवले तीन विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको मधेशले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३१ रन जोड्यो। मधेशका लागि कप्तान हरिशंकर शाह र मयन यादवले समान ५०–५० रन बनाए। कर्णालीका दीपेन्द्र रावतले ४ विकेट लिए।
५ खेलमा ३ जित निकालेको मधेश प्रदेश तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। पराजित भएको कर्णाली प्रदेश ४ अंकका साथ तालिकाको सातौं स्थानमा रहेको छ।
प्रकाशित मिति: १६:३५ बजे, शनिबार, माघ ६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-1765629162.jpg)