Kathmandu Press

पिएम कप : कोशीलाई हराउँदै बागमती दोस्रो स्थानमा

शुक्रबार टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा बागमतीले कोशीलाई ६४ रनले पराजित गरेको हो। जितका लागि २७४ रनको लक्ष्य पछ्याएको कोशी ४७ दशमलव १ ओभरमा अलआउट हुँदै २ सय ९ रनमा समेटियो।
पिएम कप : कोशीलाई हराउँदै बागमती दोस्रो स्थानमा

काठमाडाैं, पुस ५ : प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगीतामा बागमती प्रदेशले कोशी प्रदेशलाई पराजित गरेको छ।

शुक्रबार टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा बागमतीले कोशीलाई ६४ रनले पराजित गरेको हो। जितका लागि २७४ रनको लक्ष्य पछ्याएको कोशी ४७ दशमलव १ ओभरमा अलआउट हुँदै २ सय ९ रनमा समेटियो।

Hardik ivf

कोशीका लागि सुजन थपलियाले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ५९ रन बनाए। त्यस्तै अंकित सुवेदीले ५३ रनको योगदान दिए। बागमतीका इशान पाण्डेले ५ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले बागमतीले ४८ दशमलव ३ ओभरमा अलआउट हुदै २ सय ७३ रन जोड्यो। बागमतिका आशुतोष घिरैयाले १ सय १८ रनको योगदान दिएका थिए।

कोशीका लागि अभ्यास तिम्सिनाले ३ विकेट लिए। जितसँगै बागमती अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। कोशी प्रदेश लगातार पाँचौ हार व्यहोर्दै तालिकाको पुछारमा रहेको छ।

राउण्ड रोविन लिग  फर्म्याटमा भइरहेको प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टिम सहभागी छन्। लिगको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्।

प्रकाशित मिति: १६:५१ बजे, शुक्रबार, माघ ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्