Kathmandu Press

‘आम सञ्चारको क्षेत्रका पछिल्लो समय प्रभावकारी काम भएको छ’

एक वर्षको बीचमा केही नीति र नियमावली पारित भएर कार्यान्वयनमा आएको र अन्य आवश्यक कानुन, नीति र नियमावलीहरू नयाँ बन्‍ने र संशोधन हुने प्रक्रियामा अघि बढेको उनले बताइन्।
‘आम सञ्चारको क्षेत्रका पछिल्लो समय प्रभावकारी काम भएको छ’

काठमाडौं, माघ ४ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आम सञ्चार, दूरसञ्चार, सूचना प्रविधि, हुलाक सेवा, चलचित्र र मुद्रणले सञ्चार र सूचना प्रविधि क्षेत्रका पछिल्लो समय प्रभावकारी काम भएको बताएकी छिन्।

मन्त्रालय सम्हालेको एक वर्ष पुगेको अवसरमा बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री शर्माले कानुनी, नीतिगत र संरचनात्मक सुधारमार्फत सो क्षेत्रको पुनर्संरचनाको काम थालिएको समेत बताइन्

Hardik ivf

एक वर्षको बीचमा केही नीति र नियमावली पारित भएर कार्यान्वयनमा आएको र अन्य आवश्यक कानुन, नीति र नियमावलीहरू नयाँ बन्‍ने र संशोधन हुने प्रक्रियामा अघि बढेको उनले बताइन्।

कानुनी र नीतिगत सुधारमार्फत नेपालको सञ्चार तथा सूचना प्रविधिको क्षेत्रलाई पुनःसंरचना गर्न सकिने विश्वास उनले व्यक्त गरिन्।

सरकारी विज्ञापनको कारोवारमा चुहावट बढेको, विज्ञापनका लागि छुट्याइएको रकमको थोरै प्रतिशत मात्र सञ्चारमाध्यममा जाने गरेको, विज्ञापन बजारमा अपारदर्शिता बढ्दै गएको गुनासो सम्बोधन गर्न विज्ञापन (नियमन गर्ने) नियमावली, २०८० संशोधन गरी कार्यान्वयनमा ल्याइएको उनले बताइन्।

मन्त्रालय र मातहतका निकायमा वर्षौंदेखि अल्झिएका समस्याहरुमा परेका उजुरीहरुका बारेका छानबिन अघि बढाइएको उनले बताइन्।

प्रकाशित मिति: १८:३८ बजे, बिहीबार, माघ ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्