राष्ट्रपतिद्वारा आर्थिक कार्यविधि अध्यादेश जारी
गत मंगलबार बसेको मन्त्रिपरिषद बैठकले अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।
काठमाडौं, माघ ४ : राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश, २०८० जारी गरेका छन्।
राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश, २०८० जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
गत मंगलबार बसेको मन्त्रिपरिषद बैठकले अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।
प्रकाशित मिति: १७:३५ बजे, बिहीबार, माघ ४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार