Kathmandu Press

मिसन ०८४ भनेर पर्खिन नसक्ने स्थिति आउन सक्छ : ओली

बिहीबार एमाले मुख्यालयमा नेपाल खेलकुद महासंघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन सरकारका कारण मुलुक अप्ठेरो अवस्थामा पुगेको भन्दै मिसन ०८४ भनेर पर्खिन नसक्ने स्थिति आउन सक्ने बताएका हुन्।
मिसन ०८४ भनेर पर्खिन नसक्ने स्थिति आउन सक्छ : ओली

काठमाडाैं, माघ ३ : नेकपा एमालेका अध्यक्ष केपी ओलीले मिसन ०८४ भनेर पर्खिन नसक्ने स्थिति आउन सक्ने बताएका छन्।

बिहीबार एमाले मुख्यालयमा नेपाल खेलकुद महासंघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन सरकारका कारण मुलुक अप्ठेरो अवस्थामा पुगेको भन्दै मिसन ०८४ भनेर पर्खिन नसक्ने स्थिति आउन सक्ने बताएका हुन्।

Hardik ivf

अध्यक्ष ओलीले सरकार तरकारी बारीको बुख्याचा भएकाले केही गर्न नसक्ने बताउनु भयो। यस्तै उनले एमालेविरोधीहरू एक्लै भिड्न नसक्ने अवस्थाममा पुगेको पनि बताए। उनले विरोधीहरूले जुनसुकै बेलामा प्रहार गर्नसक्ने भएकाले त्यसका विरुद्ध आन्दोलनमा उत्रिन तयार रहन पनि निर्देशन दिए।

उनले सरकार भ्रष्टाचार, तस्करी, कममिसनखोरीको आयोजक र संरक्षक बनेको तर्क गरे। अध्यक्ष ओलीले कोही सबैभन्दा बढी अनुशासनमा बस्ने व्यक्ति खेलाडी नै भएकाले खेलाडीबाट सबैले अनुशासनको पाठ सिक्नु पर्नेमा जोड दिए।

ओलीले नेपाल खेलकुद महासंघका सदस्यहरूले जाजरकोट भूकम्प पीडितको उद्धार र पुनर्निर्माण महत्त्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरे। राष्ट्रिय खेलकुद महासंघका सदस्य खेलाडी मात्र नभएर उनीहरूको सामाजिक र पारिवारिक जिम्मेवारी पनि भएकोले त्यसमा सचेत हुनु पर्ने उनले बताए। 
 
प्रकाशित मिति: १७:०४ बजे, बिहीबार, माघ ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्