Kathmandu Press

बक्सिङ खेलाडी नीता गोसाईं मृत भेटिइन्, आत्महत्या दुरुत्साहनकाे आराेपमा एक जना पक्राउ

उनी झुन्डिएको अवस्थामा फेला पारेपछि दाइले डोरी काटेर निकालेको बताइएको छ। यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। उनको शव पोस्टमार्टका अस्पताल लगिएकाे छ।
बक्सिङ खेलाडी नीता गोसाईं मृत भेटिइन्, आत्महत्या दुरुत्साहनकाे आराेपमा एक जना पक्राउ

काठमाडौं, माघ ४ : बक्सिङ खेलाडी नीता गोसाईं भक्तपुरमा मृत भेटिएकी छन्। दुई दिनअघि उनी भक्तपुर नगरपालिका–८ स्थित घरकै कोठामै मृत भेटिएकी थिइन्। सशस्त्र प्रहरीको जवान पदमा कार्यरत उनी सशस्त्र प्रहरी बलकै तर्फबाट बक्सिङ खेल्थिन्। 

उनी झुन्डिएको अवस्थामा फेला पारेपछि दाइले डोरी काटेर निकालेको बताइएको छ। यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। उनको शव पोस्टमार्टका अस्पताल लगिएकाे छ।

Hardik ivf

परिवारले प्रहरी वृत्त जगातीमा एक व्यक्तिविरुद्ध आत्महत्या दुरुत्साहनको कसुरमा जाहेरी दिएको र त्यसैका आधारमा ती व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी वसन्त पाठकले जानकारी दिए।

प्रहरीका अनुसार ६ वर्षअघि सशस्त्र प्रहरीमा भर्ना भएकी नीताले नवौँ राष्ट्रिय खेलकुदमा ५४ केजी तौल समूहमा रजत पदक जितेकी थिइन्।

प्रकाशित मिति: १५:२० बजे, बिहीबार, माघ ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्