नागढुंगा-मुग्लिन सडक विस्तारको काम अत्यन्त न्यून
१ वर्षमा १५ प्रतिशत काम पूरा गर्ने लक्ष्य लिइएको भए पनि विभिन्न कारणले गर्दा ५ प्रतिशत मात्र काम भएको नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका ईन्जीनीयर कृष्ण आचार्यले जानकारी दिए।
काठमाडाैं, माघ ४ : नागढुंगा-मुग्लिन सडक विस्तारको काम अत्यन्त न्यून देखिएको छ।
विश्व बैंकको सहुलियतपूर्ण अनुदान ऋणमा भइरहेको उक्त सडकखण्ड विस्तारको काम १ वर्षमा ५ प्रतिशतमात्र भएको हो।
१ वर्षमा १५ प्रतिशत काम पूरा गर्ने लक्ष्य लिइएको भए पनि विभिन्न कारणले गर्दा ५ प्रतिशत मात्र काम भएको नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका ईन्जीनीयर कृष्ण आचार्यले जानकारी दिए। उक्त विस्तारको कामका लागि निर्माण कम्पनी शर्मा जेडआईसीजीसँग डिसेम्बर २०२२ मा सम्झौता भएको थियो। उक्त सडक निर्माणको काम तीन प्याकेजमा चलिरहेको छ। उक्त सडक खण्डको मलेखु देखि मुग्लिन खण्डमा पुलको जग नाली पर्खाल बनाउने काम र मोड सुधारको काम भई रहेको ईन्जिनसियर आचार्यले बताए।
उक्त सडकको पश्चिम खण्ड मलेखु देखि मुग्लिन सम्म ३९ किलोमिटर सडकको स्तरोन्नतीको काम भईरहेको छ। उक्त सडक २ लेनको भनिए पनि हाल ७ मिटर मात्र रहेको कारण अब ९ मिटर बनाउन लागिएको हो। उक्त सडक खण्डको बजार क्षेत्रमा ४ लेन र उकालोमा ट्रकको लागि छुट्टै लेन बनाउन लागिएको छ।












