Kathmandu Press

‘चन्द्रागिरि–चित्लाङ सडक स्तरोन्नतिका लागि बजेट व्यवस्थापन हुन्छ’

मकवानपुरका नेताहरुसँगको भेटमा प्रधानमन्त्रीले सडक स्तरोन्तीका लागि चालु आर्थिक वर्षमै बजेट व्यवस्था हुने बताए।
‘चन्द्रागिरि–चित्लाङ सडक स्तरोन्नतिका लागि बजेट व्यवस्थापन हुन्छ’

काठमाडौं, माघ ३ : प्रधानमन्त्री पुष्पकमल दाहालले चन्द्रागिरि–चित्लाङ सडक स्तरोन्नति गर्न बजेट व्यवस्थापन हुने बताएका छन्।

सडक स्तरोन्तीका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउन आएका मकवानपुरका नेताहरुसँगको भेटमा प्रधानमन्त्रीले सडक स्तरोन्तीका लागि चालु आर्थिक वर्षमै बजेट व्यवस्था हुने बताए।

Hardik ivf

बुधबार नेकपा एमालेका सचेतकसमेत रहेका उक्त क्षेत्रका प्रतिनिधिसभा सदस्य महेश बर्तौला नेतृत्वमा नेकपा एमाले, नेपाली कांग्रेस तथा नेकपा माओवादी केन्द्रका नेताहरूले सामूहिक भेट गर्दै समस्या समाधान हुनुपर्ने बताएका थिए।

‘हामीले चालु आवमै १० करोड बजेट माग गरेका छौं। यस्तै बहुवर्षीय योजनाका रूपमा काम गर्न ४० करोडबराबर स्रोत सुनिश्चितता गराउन अनुरोध गरेका छौं,’ सांसद बर्तौलाले भने।

प्रधानमन्त्री दाहालले चित्लाङ सडकको महत्वबारे जानकारी रहेको भन्दै सरकारले आवश्यक बजेट उपलब्ध गराउने जानकारी दिएको पनि बर्तौलाले बताए।

गत शनिबार काठमाडौंबाट थानकोट–चन्द्रागिरि हुँदै चित्लाङ गइरहेको जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको थियो।

डिभिजन सडक कार्यालय काठमाडौंले हेर्दै आएको उक्त सडकमा बजेट अभावका कारण कालोपत्र र मर्मत हुन सकेको छैन।

प्रकाशित मिति: २०:०६ बजे, बुधबार, माघ ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्