Kathmandu Press

विभिन्न ब्रान्डका नक्कली मदिरा बनाई बिक्री गर्ने ९ जना पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार पत्रकार सम्मेलन गर्दै पक्राउ परेका व्यक्तिहरुलाई सार्वजनिक गरेको छ।
विभिन्न ब्रान्डका नक्कली मदिरा बनाई बिक्री गर्ने ९ जना पक्राउ

काठमाडौं, माघ ३ : प्रहरीले विभिन्न ब्रान्डका नक्कली मदिरा बनाई बिक्रीवितरण गर्ने समूहलाई पक्राउ गरी सार्वजनिक गरेको छ।

काठमाडौंमा स्वदेशी र विदेशी ब्रान्डका नक्कली मदिरा बनाई बिक्रीवितरण भइरहेको सूचनामा आधारमा काठमाडौं थलीस्थित एक घरमा छापा मार्दा प्रहरीले विभिन्न ब्रान्डका नक्कली मदिरासहित ९ जनालाई पक्राउ गरेको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार पत्रकार सम्मेलन गर्दै पक्राउ परेका व्यक्तिहरुलाई सार्वजनिक गरेको छ।

Hardik ivf

पक्राउ पर्नेमा रामेछाप घर भएका मनोज खत्री, विनोदकुमार कार्की,  मोहन खड्का, गौरव तामाङ, मोहन खड्का, रोशन कार्की, महेश खत्री, मनीष खत्री र सुमन नगरकोटी रहेका छन्। पक्राउ परेकामध्ये अधिकांश यसअघि पनि नक्कली मदिरा बनाएको अभियोगमा पक्राउ परेको देखिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका डिएसपी अनिल घिमिरेले जानकारी दिए।

उनीहरुबाट खुकुरी रम, गोल्डन ओक, फाइटर, सिग्नेचर, ३६५ ब्ल्याक, सगुन ब्रान्डको मदिरा, मिश्रित तरल पदार्थ, विभिन्न रक्सीहरूको खाली बोतल, आन्तरिक राजश्व विभागको अन्त शुल्कको स्टिकरहरु, लेवलिङ र प्याकेजिङ गर्न प्रयोग गरिने सामानहरु बरामद भएको घिमिरेले बताए।

उनीहरुले चिनी र पानी मिलाएर पकाउने र त्यसपछि अल्कोहल मिसाएर बजारमा प्रचलित दरभाउभन्दा कम मूल्यमा नक्कली मदिरा बिक्रि गर्ने खुलेको प्रहरीले जनाएको छ। त्यस्तै प्रहरीले बजार पठाउन तयारी अवस्थामा राखिएका बिभिन्न ब्रान्डका मदिराहरु समेत बरामद गरेको छ। 

प्रकाशित मिति: १४:०७ बजे, बुधबार, माघ ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्