Kathmandu Press

खानेपानी मन्त्रालय भन्छ– मेलम्चीको खानेपानी सफा छ, हल्ला र भ्रममा विश्वास नगर्नूस् 

खानेपानी मन्त्रालयले मेलम्चीको खानेपानी सफा रहेको भन्दै हल्लाका पछि नलाग्न आग्रह गरेको छ । मापदण्ड बमोजिम प्रशोधन गरी पानी पठाइएको भन्दै मन्त्रालयले भ्रममा नपर्न अपिल गरेको छ । 
खानेपानी मन्त्रालय भन्छ– मेलम्चीको खानेपानी सफा छ, हल्ला र भ्रममा विश्वास नगर्नूस् 

काठमाडौं, माघ ३ : खानेपानी मन्त्रालयले मेलम्चीको खानेपानी सफा रहेको भन्दै हल्लाका पछि नलाग्न आग्रह गरेको छ । मापदण्ड बमोजिम प्रशोधन गरी पानी पठाइएको भन्दै मन्त्रालयले भ्रममा नपर्न अपिल गरेको छ । 

“मेलम्ची खानेपानी आयोजनाको प्रशोधन केन्द्र सुन्दरीजलमा विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम प्रशोधन गरी प्रसारण गरिएको छ,” मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै भनेको छ, “पुराना वितरण पाइप लाइनहरू लामो समयसम्म सञ्चालन नहुँदा पाइपमा रहेको माटोको अवशेषका कारण पानी वितरण क्रममा केही समय पानी धमिलो आउनसक्ने भए तापनि फ्लसिङसँगै क्रमशः सफा पानी प्रवाह हुन्छ ।” 

Hardik ivf

खानेपानीको गुणस्तरमा शंक नगर्न र बाहिरी हल्लाहरूको पछि नलाग्न मन्त्रालय मातहतका खानेपानी उत्पादन र वितरणसँग सम्बन्धित निकायहरूलाई आग्रह गरिएको छ । मन्त्रालयले मेलम्ची खानेपानी सर्वसुलभ रूपमा सबै उपत्यकावासीको घरघरमा सन्तुलित र समानुपातिक हिसाबले वितरण गर्न मन्त्रालय प्रयत्नशील रहेको पनि स्पष्ट पारेको छ । 

मेलम्ची खानेपानीको नयाँ पाइप लाइन परीक्षण सम्पन्न भएका स्थानहरूमा नयाँ वितरण सञ्जालबाट र परीक्षण नभएका स्थानहरूमा पुरानै वितरण सञ्जालबाट वितरण भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: ०८:४८ बजे, बुधबार, माघ ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्