Kathmandu Press

‘कांग्रेस सधैँ पहिचानको पक्ष छ, तर पहिचानका नाममा समाजलाई भत्काउने र द्वन्द्व बढाउन हुन्न’

‘कांग्रेसले विगतदेखि नै ‘द्वन्द्व पनि मेटिने र पहिचान पनि भेटिने’ भन्दै आएको छ,’ उनले भने, ‘पहिचानका नाममा समाजमा फाटो ल्याउने होइन भएका अलिअलि कहीँ कतै तुस छन् भने त्यसलाई पनि मेट्ने पहिचानको पक्षमा कांग्रेस छ।’
‘कांग्रेस सधैँ पहिचानको पक्ष छ, तर पहिचानका नाममा समाजलाई भत्काउने र द्वन्द्व बढाउन हुन्न’

मोरङ, माघ २ : कांग्रेस नेता शेखर कोइरालाले कांग्रेस सधैं पहिचानको पक्षमा रहेको बताएका छन्।

नेपाल लोकतान्त्रिक आदिवासी जनजाति सुन्दरहरैँचाको प्रथम नगर अधिवेशनको उद्घाटन गर्दै नेता कोइरालाले पहिचानको मुद्दालाई कांग्रेसले जति कसैले नउठाएको दाबी गरे।

Hardik ivf

‘कांग्रेसले विगतदेखि नै ‘द्वन्द्व पनि मेटिने र पहिचान पनि भेटिने’ भन्दै आएको छ,’ उनले भने, ‘पहिचानका नाममा समाजमा फाटो ल्याउने होइन भएका अलिअलि कहीँ कतै तुस छन् भने त्यसलाई पनि मेट्ने पहिचानको पक्षमा कांग्रेस छ।’

पहिचानका नाममा समाजलाई भत्काउने र द्वन्द्व बढाउने क्रियाकलाप कतैबाट पनि हुन नहुनेमा उनको जोड थिए।

कार्यक्रमममा उनले देशमा भ्रष्टाचार मौलाएको बताउँदै भ्रष्टाचारविरुद्ध सबै लाग्नुपर्नेमा बताए। संघीयदेखि स्थानीय तहसम्म भ्रष्टाचार मौलाएको दाबी उनको थियो।

‘सरकारले जनतालाई सुशासनको अनुभूति दिन सकेको छैन। सुशासनबिना देशको विकास सम्भव छैन। सबैभन्दा पहिले तीनै तहको सरकारले सुशासन कायम गर्न लाग्नुपर्छ, नेता कोइरालाले भने।

भ्रष्टाचार र बेथितिकै कारण जनता निराश बन्दै गएको उनको भनाई थियो । उनले निराश देखिएका युवाहरुमा आशा जगाउन आवश्यक भएको बताए।

प्रकाशित मिति: १८:२१ बजे, मंगलबार, माघ २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्