Kathmandu Press

पयर्टक बढाउन सके मुलुकको आर्थिक समृद्धि छिट्टै हुन्छ : राष्ट्रपति

पर्यटन क्षेत्रका हुने गरेको आय बढिरहेको अवस्थामा पर्यटकीय गन्तव्य खानेपानी शौचालय जस्ता पूर्वाधार बढाउदा त्यसको प्रभाव व्यापक हुने उनको भनाई थियो।
पयर्टक बढाउन सके मुलुकको आर्थिक समृद्धि छिट्टै हुन्छ : राष्ट्रपति

काठमाडौं, माघ २ : राष्ट्रपति रामचन्द्र पौडेलले पयर्टकको संख्या बढाउन सके छिटै मुलुकमा आर्थिक समृद्धि हुने बताएका छन्।

होटल संघ नेपालले स्थापना दिवसका अवसरमा सुरु गरेको नेपाल सत्कार दिवस शुभारम्भ गर्दै राष्ट्रपति पौडेलले मुलुकका नवनिर्मित क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनमा ल्याई मुलुकमा बढि भन्दा बढि पर्यटक भित्राउन सके समृद्धि छिटै हासिल गर्न कठिनाई नहुने बताए।

Hardik ivf

यसका लागि पाँच दशकभन्दा बढी समयदेखि होटल व्यवसायीहरुले खेलेको भूमिका उल्लेखनीय रहेको राष्ट्रपति पौडेलले बताए। उनले नेपालको विशिष्ठता, प्राकृतिक सौन्दर्य, संस्कृति र सभ्यतालाई विश्व पर्यटन बजारमा प्रवद्र्धन गरि पर्यटन क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारको रुपमा स्थापीत गर्नुपर्ने बताए।

पर्यटन क्षेत्रका हुने गरेको आय बढिरहेको अवस्थामा पर्यटकीय गन्तव्य खानेपानी शौचालय जस्ता पूर्वाधार बढाउदा त्यसको प्रभाव व्यापक हुने उनको भनाई थियो। राष्ट्रपति पौडेलले अर्गानिक कृषि उत्पादनहरुलाई सिधै तारे होटलहरुमा आपूर्ति गरेर फार्म टु प्लेटको अवधारणा अघि बढाउन आग्रह गरे।

त्यस्तै होटल संघ नेपालका अध्यक्ष विनायक शाहले होटलहरुलाई राष्ट्रिय प्राथमिकता उद्योगको दर्जा प्रदान गर्न माग गरे। उनले भैरहवा र पोखरा अन्तराष्ट्रिय बिमानस्थलबाट निरन्तर उडान हुन सके पर्यटनहरुको आवागमनमा थप सहयोग पुग्ने र पर्यटक आवागमनको संख्या दोव्वर बनाउन सकिने बताए।

दिवसका अवसरमा होटल संघ नेपालले नेपाल एयरबुक २०२४ र ई–लर्निङ प्लेटफर्ममार्फत दक्ष कामदार उत्पादनसम्बन्धी अनलाइन प्रशिक्षण पनि सार्वजनिक गरेको छ।

प्रकाशित मिति: १८:०२ बजे, मंगलबार, माघ २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्