Kathmandu Press

रुसी सेनामा भर्ती भएका लमजुङका साजन गुरुङको मृत्यु

लमजुङको दुधपोखरी गाउँपालिका–१, घमारचोकका ३२ वर्षीय साजन गुरुङको मृत्यु भएको परिवारले जनाएको छ।
रुसी सेनामा भर्ती भएका लमजुङका साजन गुरुङको मृत्यु

काठमाडौं, माघ २ : रुसी सेनामा भर्ती भएका थप एक नेपालीका मृत्यु भएको छ।

लमजुङको दुधपोखरी गाउँपालिका–१, घमारचोकका ३२ वर्षीय साजन गुरुङको मृत्यु भएको परिवारले जनाएको छ।

Hardik ivf

मृतकका बुबा श्रीमान गुरुङका अनुसार पुस १६ गते राति ८–९ बजेतिर अन्तिम भिडियो कल भएको र त्यसपछि सम्पर्क हुन नसकेकोमा एकाएक सामाजिक सञ्जालमा आफ्नो छोराको मृत्यु भएको खबर सार्वजनिक भएको बताए।

रुसी सेनामा भर्ना भएका उनका साथीहरूले जर्मनमा रहेका साजनका भाइ कुमारलाई खबर पठाएपछि कुमारले गाउँमा साजनको मृत्यु भएको खबर पठाएका थिए ।

परिवारले पुस २९ गते काजकिरिय पनि गरिसकेको बताइएको छ। साजनका बुबाआमा, श्रीमती र एक छोरा छन् ।

रोजगारीका लागि माल्टा जान्छु भन्दै हिँडेका उनी साढे तीन महिना अघि उनी रुसी सेनामा पुगेका थिए।

प्रकाशित मिति: १७:२९ बजे, मंगलबार, माघ २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्