Kathmandu Press

चितवनमा खाना पकाउने ग्यासको सिलिण्डर पड्किँदा एक जनाको मृत्यु

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ डेरीचोकका ५० वर्षीय मनिष थापा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
चितवनमा खाना पकाउने ग्यासको सिलिण्डर पड्किँदा एक जनाको मृत्यु

चितवन, माघ २ : पश्चिम चितवनको फूलबारीमा खाना पकाउने ग्यास सिलिण्डरबाट ग्यास चुहावट भइ पड्किँदा एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ डेरीचोकका ५० वर्षीय मनिष थापा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

Hardik ivf

कार्यालयका प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार आफ्नै कोठामा खाना बनाउने क्रममा ग्यास चुहावट भएर सिलिण्डर पड्किँदा थापाको सोमबार मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ।

स्थानीय अविनाश फटिलाइजर कम्पनीको हातभित्र आगलागी भएको हो। घटनाको थप अध्ययन भइरहेको उनले बताएका छन्।

प्रकाशित मिति: १५:५९ बजे, मंगलबार, माघ २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्