पशुपतिको जलहरी भ्रष्टाचार काण्डका अरोपित सचिव थापासँग धरौटीमा माग
विशेष अदालतका न्यायाधीशद्वय डा. खुसीप्रसाद थारु र रामबहादुर थापाको इजलासले थापालाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।
काठमाडौं, माघ २ : पशुपति मन्दिरको जलहरी निर्माण भ्रष्टाचार गरेको आरोपमा पक्राउ परेका पशुपति क्षेत्र विकास कोषका निलम्बित सदस्य सचिव मिलनकुमार थापालाई धरौटीमा रिहा हुने भएका छन्।
विशेष अदालतका न्यायाधीशद्वय डा. खुसीप्रसाद थारु र रामबहादुर थापाको इजलासले थापालाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।
अख्तियारले पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा भ्रष्टाचार भएको भनी कोषका सदस्य सचिव थापासहित अघिल्ला सदस्य सचिव डा. प्रदिप ढकाल र विशेष नाइके अरुण श्रेष्ठ विरुद्ध १ करोड १७ लाख रुपैयाँ विगो मागदाबी गरी विशेष अदालतमा दायर गरेको थियो।
प्रकाशित मिति: १५:५४ बजे, मंगलबार, माघ २, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार