Kathmandu Press

सवारी दुर्घटना न्यूनीकरण गर्न सरकारलाई रास्वपाको ध्यानाकर्षण

माघ २८ गते एकैदिन दाङको भालुवाङ, काठमाडौंको चन्द्रागिरि र बाग्लुङको ढोरपाटनमा भएका सवारी दुर्घटनामा २० जनाको ज्यान गएको सन्दर्भ उल्लेख गर्दै यसलाई सामान्य रूपमा नलिन ध्यानाकर्षण पत्र बुझाइएको सचेतक निशा डाँगीले जनकारी दिइन्।
सवारी दुर्घटना न्यूनीकरण गर्न सरकारलाई रास्वपाको ध्यानाकर्षण

काठमाडौं, माघ २ : बढ्दाे सवारी दुर्घटना न्यूनीकरणका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारको ध्यानाकर्षण गराएको छ।

रास्वपाको एक टोलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई भेटेर सवारी दुर्घटना न्यूनीकरणका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्। टोलीमा सहमहामन्त्री सुमना श्रेष्ठ, सचेतक निशा डागी र पूर्वाधार विभागका सचिव कृष्ण भेटवाल थिए।

Hardik ivf

माघ २८ गते एकैदिन दाङको भालुवाङ, काठमाडौंको चन्द्रागिरि र बाग्लुङको ढोरपाटनमा भएका सवारी दुर्घटनामा २० जनाको ज्यान गएको सन्दर्भ उल्लेख गर्दै यसलाई सामान्य रूपमा नलिन ध्यानाकर्षण पत्र बुझाइएको सचेतक निशा डाँगीले जनकारी दिइन्।

यो वर्षको मंसिरसम्म मात्र देशभर साना–ठूला गरेर करिब १० हजार ७ सय ४५ वटा दुर्घटना भएको भन्दै ९ सय १६ जनाले ज्यान गुमाएको रास्वपाले जनाएको छ।

प्रत्येक वर्ष औसतमा २ हजार बढीले दुर्घटनामा ज्यान गुमाउने गरेको ध्यानाकर्षण पत्रमा उल्लेख छ। नेपालका ६६ लाख ६६ हजार ९३७ परिवार रहेकोमा त्यसमध्ये हरेक ३९ मध्ये एक परिवारले दुर्घटनाका घाइते स्याहारिरहेको उसले बताएको छ।

दुर्घटनाको डरलाग्दो आँकडा र भयवाह दृश्य बारम्बार देखिरहँदा पनि सरकार र तिनका निकाय न्यूनीकरण गर्नेतर्फ गम्भीर नबनेको रास्वपाको निष्कर्ष छ।

रास्वपवाले २०७६ पुस ४ गते प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले गणेश पहाडीको नेतृत्वमा गठन गरेको उपसमितिले दिएका सुझाव कार्यान्वयन भए–नभए जवाफ पनि माग गरेको छ।

प्रकाशित मिति: १४:५१ बजे, मंगलबार, माघ २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्