Kathmandu Press

भूकम्प प्रतिरोधी संरचना निर्माण इच्छा हाेइन, दायित्व हो : प्रधानमन्त्री

२६औं भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भूकम्प प्रतिरोधी संरचना निर्माण इच्छा नभएर दायित्व भएको बताए।
भूकम्प प्रतिरोधी संरचना निर्माण इच्छा हाेइन, दायित्व हो : प्रधानमन्त्री

काठमाडौं, माघ २ : प्रधानमन्त्री पुष्पकमल दाहालले पटकपटकका त्रासदीपूर्ण भूकम्पबाट शिक्षा लिएर भविष्यमा फेरि भूकम्पको पीडा भोग्न नपर्नेगरि काम गर्न निर्देशन दिएका छन्।

२६औं भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भूकम्प प्रतिरोधी संरचना निर्माण इच्छा नभएर दायित्व भएको बताए।

Hardik ivf

‘आगामी दिनमा भूकम्पबाट कसैले ज्यान गुमाउन नपरोस्, घाइते हुन नपरोस्, कुनै पनि परिवारले कुनै खालको भौतिक क्षति भोग्न नपरोस् भन्नका लागि सबैले मिलेर काम गर्न सकौँ भन्ने दिन पनि हो,’ प्रधानमन्त्रीले भने, ‘आउनुस्, त्यसका लागि हामी सबैले सङ्कल्प गरौँ। भूकम्प प्रतिरोधी संरचना निर्माण गर्नुपर्ने कुरा इच्छा होइन दायित्व हो भन्ने यथार्थ आत्मसात् गरौँ।’

भूकम्प सुरक्षा दिवसका रूपमा जागरण तथा सङ्कल्पको कार्यक्रम हरेक वर्ष गर्दै आएको बताउँदै उनले आजको दिन मूलभूत रूपमा त्यो पीडा फेरि भोग्न नपरोस् भनेर काम गर्न राष्ट्रिय सङ्कल्प गर्ने दिन भएको उल्लेख गरे।

कार्यक्रममा प्रधानमन्त्रीले २०७२ वैशाख १२ को भूकम्पले पुर्‍याएको मानवीय तथा भौतिक क्षतिको हाम्रो पुस्ता साक्षी भएको बताउँदै विगतबाट गम्भीर शिक्षा लिनुपर्नेमा जोड दिए।

प्रकाशित मिति: १४:२८ बजे, मंगलबार, माघ २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्