विर्तामोडको बेल्स स्कुलमा हाइड्रोजन ग्यास सिलिण्डर पड्कियो, दुई जना घाइते
सोमबार बिहान सवा १० बजे बिर्तामोड नगरपालिका–७ स्थित राधाकृष्ण टोलमा उक्त स्कुलको प्राङ्गणमा रहेको हाइड्रोजन ग्यास सिलिण्डर पड्किँदा २ जना घाइते भएको प्रहरीले जनाएको छ।
झापा, माघ २ : झापाको विर्तामाडमा रहेको बेल्स मोडल इंग्लिस बोर्डिङ स्कुल बेलुन फुलाउन प्रयोग गरिने हाइड्रोजन ग्यास सिलिण्डर पड्किँएको छ।
सोमबार बिहान सवा १० बजे बिर्तामोड नगरपालिका–७ स्थित राधाकृष्ण टोलमा उक्त स्कुलको प्राङ्गणमा रहेको हाइड्रोजन ग्यास सिलिण्डर पड्किँदा २ जना घाइते भएको प्रहरीले जनाएको छ।
स्कुलमा खेलकुद दिवसका अवसरमा कार्यक्रम थियो। त्यसका लागि बेलुन फुलाउन एउटा हाइड्रोजन ग्यास सिलिण्डर ल्याइएको थियो।
बेलुन फुलाउने क्रममा एक्कासी सिलिण्डर पड्किएको प्रहरीले जनाएको छ। सिलिण्डर पड्किएर डेकुरेसन सिलगुढी संस्थाबाट खटिएका भारतीय नागरिक ५४ वर्षीय गणेश सहनी गम्भीर घाइते छन्। उनको दाहिने खुट्टाको भाग चुडिएको छ।
सिलिण्डर पड्कँदाको ठूलो आवाजले गर्दा कक्षा ९ मा पढ्ने बिर्तामोड–७ की १५ वर्षीय कुसुम तामाङको कानमा समस्या आएको छ। उनको उपचारको लागि बिएण्डसी अस्पतालमा पठाइएको छ।