जनकपुरमा रेलभित्रै एक यात्रुको मृत्यु
महोत्तरीको लोहरपट्टी नगरपालिका–४ स्थित खुटापिपरारीका ५० वर्षीय रामएकवाल पण्डितको मृत्यु भएको प्रहरीले जनाएको छ।
धनुषा, माघ २ : महोत्तरीको भंगहाबाट जयनगरतर्फ जाँदै गरेको रेलमा सवार एक यात्रुको मृत्यु भएको छ।
महोत्तरीको लोहरपट्टी नगरपालिका–४ स्थित खुटापिपरारीका ५० वर्षीय रामएकवाल पण्डितको मृत्यु भएको प्रहरीले जनाएको छ।
लोहरपट्टीबाट रेलमा चढेका उनी अचानक रेलभित्रै लडेका थिए। त्यही उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतक पण्डितको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १२:५६ बजे, मंगलबार, माघ २, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार