Kathmandu Press

त्रिशूलीमा खसेको जीप भेटियो

त्रिशूलीमा खसेको जीप भेटियो

चितवन, माघ २ : मंगलबार बिहान त्रिशूली नदीमा खसेको भारतीय नम्बरप्लेटको जीप भेटिएको छ।

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट उक्त जीप त्रिशूलीमा खसेको थियो।

Hardik ivf

बिहान पौने पाँच बजेको समयमा बी आर ०९ जी सी १४३९ नम्बरको जीप त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए। जीप सडकबाट करिब एक सय मिटर तल खसेको हो।

केहीबेरअघि गोताखोरको टोलीले जीप पानीभित्र भेट्टाएको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए। उक्त जीपमा कति यात्रु सवार थिए भन्ने यकिन हुन नसकेको उनले बताए।

सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार त्रिशूली नदीमा जीप खसेको सूचना पाएपछि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी निरीक्षकको नेतृत्वमा गोताखोरसहितको टोली टोली परिचालन गरिएको थियो।

 

प्रकाशित मिति: १०:५१ बजे, मंगलबार, माघ २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्