Kathmandu Press

काठमाडौं उपत्यकाका ५३ भवन र चार पुल भूकम्पको उच्च जोखिममा

मंगलबार २६औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले उपत्यकामा ५३ वटा भवन र चार सडक पुल भूकम्पीय जोखिममा बताए।
काठमाडौं उपत्यकाका ५३ भवन र चार पुल भूकम्पको उच्च जोखिममा

काठमाडौं, माघ २ : काठमाडौँ उपत्यकाका ५३ वटा भवन र चार पुल भूकम्पीय उच्च जोखिममा रहेका छन्।

मंगलबार २६औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले उपत्यकामा ५३ वटा भवन र चार सडक पुल भूकम्पीय जोखिममा बताए।

Hardik ivf

तर, सरकारले अहिलेसम्म ती संरचनाको पुननिर्माणको प्रक्रिया भने अघि बढाएको छैन।

तिनको पूर्ण निर्माणलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने जापानले गरेको एक अध्ययनले देखाएको उनले बताए।

‘राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जापान सरकारको सहयोगमा गरेको एक अध्ययनले काठमाडौँ उपत्यकामा विद्यालय,अस्पताल र सरकारी भवन गरी ५३ वटा भवन संरचना र चारवटा सडक पुल भूकम्पीय जोखिमका हिसाबले संवेदनशील अवस्थामा रहेको र त्यसको प्राथमिकतामा राखी पुनर्निर्माण गर्नुपर्ने देखाएको छ,’ उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले भने।

ती पूर्वाधार पुनर्निर्माणका लागि करिब ३ अरब ६१ करोड रुपैयाँ खर्च हुने प्राधिकरणको अनुमान छ। जसमा ३२ वटा विद्यालय भवनको लागि एक अर्ब ६३ करोड, १३ वटा स्वास्थ्य चौकीको लागि ३८ करोड ७४ लाख रुपैयाँ, ८ वटा सरकारी भवनको लागि ५१ लाख ८० लाख रुपैयाँ र ४ वटा सडक पुलको लागि १ अरब ७ करोड आवश्यक पर्ने प्राधिकरणको अनुमान छ।

तीमध्ये पनि काठमाडौँ महानगर भित्रमात्रै ९ ओटा भवनको लागि ७१ करोड ३५ लाख र ४ वटा पुलको लागि ४ अरब ७ करोड रुपैयाँ लागत लाग्ने अध्ययनको निष्कर्ष छ।

 

प्रकाशित मिति: ११:३८ बजे, मंगलबार, माघ २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्