Kathmandu Press

चर्चित सेलो गायक संजिव वाईवाको नयाँ गीत ‘सोल्टिनी हजुर’ सार्वजनिक

आनभि प्रोडक्सनको प्रस्तुती एवं युट्युव च्यानलबाट सार्वजनिक ‘सोल्टिनी हजुर’को गीतमा आवाजका साथै रचना र संगित पनि स्वंम वाइवाकै रहेको छ । 
चर्चित सेलो गायक संजिव वाईवाको नयाँ गीत ‘सोल्टिनी हजुर’ सार्वजनिक

काठमाडौं, माघ २ : तामाङ सेलो गीतसंगितका चर्चित सर्जक संजिव वाईवाको नयाँ गीत ‘सोल्टिनी हजुर’को गीत र म्युजिक भिडियो सार्वजनिक भएको छ ।

आनभि प्रोडक्सनको प्रस्तुती एवं युट्युव च्यानलबाट सार्वजनिक ‘सोल्टिनी हजुर’को गीतमा आवाजका साथै रचना र संगित पनि स्वंम वाइवाकै रहेको छ । 

Hardik ivf

अभि लामाको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा स्वयं अभि लामा, अनिता गोले, विकास आचार्य, सन्देश तामाङ, सुनिल मगर, साहिल थापा, र आशीको अभिनय देख्न सकिन्छ । 

विगत २ दशकभन्दा बढी समयदेखि तामाङ भाषा तथा तामाङ सेलो गीत–संगितमा लगातार समर्पित वाईवाका अधिकांश सिर्जना चर्चित रहेका छन ।

https://www.youtube.com/watch?v=7MKaYgQEjwM

प्रकाशित मिति: ०७:४९ बजे, मंगलबार, माघ २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्