त्रिशूलीमा गाडी खसेको आशंका, गोताखोरले खोजिँदै
अहिले गोताखोरको टोली डुंगा लिएर त्रिशूली नदीमा प्रवेश गरेर खोजिरहेको छ । मुग्लिन प्रहरीका अनुसार आज बिहान सवा चार बजेतिर त्रिशूली नदीमा गाडी खसेको भनेर स्थानीयले खबर गरेका थिए ।
काठमाडौं, माघ २ : नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ५ को तीन नम्बर पुल नजिकबाट त्रिशूली नदीमा ‘गाडी खसेको’ सूचना पाएपछि गोताखोरको टोली परिचालन गरिएको छ ।
अहिले गोताखोरको टोली डुंगा लिएर त्रिशूली नदीमा प्रवेश गरेर खोजिरहेको छ । मुग्लिन प्रहरीका अनुसार आज बिहान सवा चार बजेतिर त्रिशूली नदीमा गाडी खसेको भनेर स्थानीयले खबर गरेका थिए । तर उक्त गाडी कहाँबाट कहाँ जाँदै थियो, कस्तो प्रकारको गाडी हो भन्ने केही खुलेको छैन ।
‘पानीमा बत्ती बलेको पनि देखिएको थियो । अहिले चाहिँ बत्ती निभेको छ । तर गाडी कस्तो खालको हो, कत्रो हो, कहाँ जाँदै थियो भन्ने केही खुलेको छैन ।’, प्रहरीले भन्यो ।
नदी किनारमा एउटा फलामको टुक्रा र भारतीय नम्बर प्लेट भेटिएको छ । तर त्यो अहिलेको हो वा पुरानो हो भन्ने पनि खुलेको छैन ।
प्रकाशित मिति: ०७:४० बजे, मंगलबार, माघ २, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












