Kathmandu Press

नेकपा एसले सरकारसँग विभिन्न सन्धी–सम्झौताको दस्तावेज माग्ने

हालै नेपाल र भारतबीच भएको सहमति र सम्झौताकाबारेमा विभिन्न कोणबाट छलफल भइरहेको अवस्थामा सरकारले विभिन्न देशसँग गरेको सम्झौता सहमति लगाएतका दस्तावेज माग गरी अध्ययन गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए।
नेकपा एसले सरकारसँग विभिन्न सन्धी–सम्झौताको दस्तावेज माग्ने

काठमाडौं, माघ १ : नेकपा एकीकृत समाजवादीले नेपाल सरकारले विभिन्न देशसँग गरेका सन्धी–सम्झौताको दस्तावेज माग गर्ने निर्णय गरेको छ।

पार्टी कार्यालय आलोकनगरमा सोमबार बसेको सचिवालय बैठकले हालै नेपाल र भारतबीच भएको सहमति र सम्झौताकाबारेमा विभिन्न कोणबाट छलफल भइरहेको अवस्थामा सरकारले विभिन्न देशसँग गरेको सम्झौता सहमति लगाएतका दस्तावेज माग गरी अध्ययन गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए।

Hardik ivf

यस्तै, बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरूलाई सरकारमा रहेर गरेका कामकारबाहीको विवरण पार्टीलाई बुझाउन निर्देशन दिएको छ।

राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेद्वारहरुलाई विजयी गराउनका लागि सबैलाई एकजुट भएर लाग्न आह्वान गरिएको प्रवक्ता खतिवडाले बताए।

बैठकले पार्टीको महाधिवेशनका सन्दर्भमा तयार गरिने मस्यौदा राजनीतिक प्रतिवेदनका सन्दर्भमा छलफल गर्न माघ ८ गते राजनीतिक मस्यौदा समितिको बैठक बस्ने निर्णय गरेको उनले बताए।

प्रकाशित मिति: १९:१९ बजे, सोमबार, माघ १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्