माघे संक्रान्ति मनाउन टुँडीखेल पुगेका ८ जना भिडमा चेपिएर घाइते
माघे संक्रान्तिका अवसरमा मगर र थारु समुदायले अलग-अलग कार्यक्रम आयोजना गरेका छन्। ती कार्यक्रममा सहभागी हुन गएका सर्वसाधारण भिडमा चेपिएर उनीहरू घाइते भएकाे प्रहरीले जनाएकाे छ।
काठमाडौं, माघ १ : माघे संक्रान्ति मनाउन टुँडिखेलमा पुगेका ८ जना घाइते भएका छन्।
माघे संक्रान्तिका अवसरमा मगर र थारु समुदायले अलग-अलग कार्यक्रम आयोजना गरेका छन्। ती कार्यक्रममा सहभागी हुन गएका सर्वसाधारण भिडमा चेपिएर उनीहरू घाइते भएकाे प्रहरीले जनाएकाे छ।
कार्यक्रममा सहभागी हुन टुँडिखेलमा पुगेकाहरुकाे संख्या धेरै भएकाले ठेलमठेल हुँदा यस्ताे अवस्था निम्तिएकाे जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमुद ढुंगेलले बताए। घाइते सबैलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको र उनीहरुको अवस्था सामान्य रहेकाे उनले बताए।
भित्र प्रवेश गर्ने र बाहिर निस्कनेहरु धेरै हुँदा टुँडिखेलको गेटमा चेपिने अवस्था रहेकाे प्रहरीको भनाइ छ।
प्रकाशित मिति: १७:३५ बजे, सोमबार, माघ १, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार