इमालोडलमा लुगा सुकाउनेक्रममा महिला इनारमा खसिन्, उद्धारको प्रयास जारी
दोलखा घर भई इमाडोल डेरा गरी बस्ने २८ वर्षीया न्युतन प्रधान इनारमा खसेकी हुन। लुगा सुकाउन इनारमाथिका चढेकी उनी स्ल्याब फुटेर इनारमा खसेको प्रहरीले जनाएको छ।
काठमाडौं, माघ १ : ललितपुरको इमाडोलमा एक महिला इनारमा खसेकी छन्।
दोलखा घर भई इमाडोल डेरा गरी बस्ने २८ वर्षीया न्युतन प्रधान इनारमा खसेकी हुन। लुगा सुकाउन इनारमाथिका चढेकी उनी स्ल्याब फुटेर इनारमा खसेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार न्युतनको उद्धार प्रयास जारी छ।
उनलाई केही चोट लागेको हुनसक्ने प्रहरीले जनाएको छ। उनी बोल्न सक्ने अवस्थामै रहेको प्रहरीले् जनाएको छ।
प्रकाशित मिति: ११:३९ बजे, सोमबार, माघ १, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार