Kathmandu Press

धनुषामा श्रीमान् मृत भेटिए, श्रीमती घाइते

महोत्तरीको लोहारपट्टी–३ महदैयाका राधे सहनी धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ पकडियास्थित गहुँ खेतमृत फेला परेका हुन्।
धनुषामा श्रीमान् मृत भेटिए, श्रीमती घाइते

धनुषा, माघ १ : धनुषामा एक जना पुरुष मृत भेटिका छन् भने उनकी श्रीमती सख्त घाइते अवस्थामा फेला परेकी छन्।

महोत्तरीको लोहारपट्टी–३ महदैयाका राधे सहनी धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ पकडियास्थित गहुँ खेतमृत फेला परेका हुन्।

Hardik ivf

उनकी श्रीमती अस्मिता सहनी सख्त घाइते अवस्थामा रहेको प्रहरीले जनाएको छ। उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ।

राधेको ससुराली घर क्षिरेश्वरनाथ नगरपालिका पकडिया ह । चार महिनाअघि मात्र राधे र अस्मिताले प्रेम विवाह गरेका थिए। उनीहरु क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा डेरामा बस्दै आएका थिए।

प्रकाशित मिति: ११:३२ बजे, सोमबार, माघ १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्