Kathmandu Press

मेलम्चीको पुनः उद्घाटन गर्दै प्रधानमन्त्रीले भने– अब पानी नियमति आउँछ

अर्को वर्षदेखि २४सै घण्टा पानी आउने गरी निर्माण र व्यवस्थापन गर्न मन्त्रालय र आयोजना प्रमुखलाई प्रधानमन्त्री दाहालले निर्देशन दिए।
मेलम्चीको पुनः उद्घाटन गर्दै प्रधानमन्त्रीले भने– अब पानी नियमति आउँछ

काठमाडौं, माघ १ : काठमाडौंवासीका घरमा आजदेखि पुनस् मेलम्चीको पानी वितरण गरिएको छ  मेलम्चीको पानी चौथोपटक यहाँका उपभोक्तालाई वितरण गरिएको हो .।

सोमबार मेलम्चीको पानी पुनर्वितरणको सिंहदरबार परिसरबाट उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले उपत्यकाको बढ्दो जनसंख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन सरकार प्रयासरत रहेको बताएका छन्।

Hardik ivf

प्रधानमन्त्री दाहालले अब मेलम्चीको पानी नियमितरूपमा उपभोक्ताको धारामा झर्ने प्रबन्ध मिलाउने बताए।

‘काठमाडौँ उपत्यकाको बढ्दो जनसंख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन सरकार प्रयासरत छ,’ उनले भने, ‘हाल आयोजनाको हेडवर्क्सको निर्माणको कार्य यथाशीघ्र सम्पन्न गरी दोस्रो चरणको याङ्ग्री तथा लार्के नदी डाइभर्सनको कार्यसमेत निश्चित कार्ययोजना बनाई अगाडि बढाइनेछ।’

अर्को वर्षदेखि २४सै घण्टा पानी आउने गरी निर्माण र व्यवस्थापन गर्न मन्त्रालय र आयोजना प्रमुखलाई प्रधानमन्त्री दाहालले निर्देशन दिए।

‘सुन्दरीजलमा थप क्षमताको पानी प्रशोधन केन्द्र तथा काठमाडौँ उपत्यकामा नयाँ वितरण प्रणाली र फोहोर पानी प्रशोधन प्रणालीसमेत विकास गर्नुपर्नेछ। केही वर्षभित्रै अर्को चरणमा काठमाडौँ उपत्यकाभित्र खानेपानी वितरणको कार्य नयाँ वितरण सञ्जालमार्फत समानुपातिक, सुरक्षित तथा तोकिएको परिमाणको खानेपानी सेवा २४ सै घण्टा उपभोक्ता सदस्यहरूको धारामा वितरण गरिने व्यवस्था मिलाउन म सम्बन्धित निकायलाई निर्देशितसमेत गर्दछु,’ दाहालले भने।

प्रधानमन्त्री दाहालले राष्ट्रिय गौरवको आयोजनामा रहेको मेलम्ची खानेपानी आयोजनाको दीर्घकालीन समस्या समाधानका लागि विस्तृत अध्ययन गरी ठोस् कार्ययोजनामार्फत काम गरी बाह्रै महिना मेलम्चीको पानी उपभोक्ताको धारामा झार्ने गरी प्रयास गरिरहेको बताए।

खानेपानीको दीगो व्यवस्थाका लागि दोस्रो चरणको याङ्ग्री तथा लार्के नदी डाईभर्सनको कार्यसमेत निश्चित कार्ययोजना बनाई अगाडि बढाइने जानकारी प्रधानमन्त्री दाहालले दिए।

प्रकाशित मिति: १०:२५ बजे, सोमबार, माघ १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्