Kathmandu Press

‘नेपाल र चीन नजिकका छिमेकी र विश्वासिला मित्र हुन्’

नेपाल एक चीन सिद्धान्तप्रति दृढ रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले आन्तरिक तथा बाह्य मामिलामा आएको परिवर्तनबाट हाम्रो प्रतिबद्धतामा कुनै हालतमा प्रभावित नहुने बताए।
‘नेपाल र चीन नजिकका छिमेकी र विश्वासिला मित्र हुन्’

काठमाडौं, पुस २९ : प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल र चीन नजिकका छिमेकी र विश्वासिला मित्र भएको बताएका छन्।

चिनियाँ नयाँ वर्षको आइतबार आयोजित कार्यक्रममलाई सम्बोधन गर्दै उनले शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा हाम्रो सम्बन्ध प्रगाढ रहेको उल्लेख गरे।

Hardik ivf

‘हामीले असल मित्रका रुपमा एकअर्काको संवेदशनीलतालाई नजिकबाट बझेका छौँ,’ प्रधानमन्त्री दाहालले भने, ‘शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा हाम्रो सम्बन्ध रहीआएको छ।’

नेपाल एक चीन सिद्धान्तप्रति दृढ रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले आन्तरिक तथा बाह्य मामिलामा आएको परिवर्तनबाट हाम्रो प्रतिबद्धतामा कुनै हालतमा प्रभावित नहुने बताए।

सो अवसरमा उलने आफ्नो चीन भ्रमणको बेला जारी भएको संयुक्त वक्तव्य स्मरण गरे। ‘ताइवान चीनकै अभिन्न अंग हो। ‘ताइवान स्वतन्त्रता’का सम्बन्धमा नेपालको प्रस्ट दृष्टिकोण रहेको छ,’ उनले भने, ‘मेरो चीन भ्रमणका क्रममा जारी संयक्त वक्तव्यमा यसलाई प्रस्ट पारिएको छ। हामी फेरि भन्न चाहन्छौँ हामी ताइवान स्वतन्त्रताको विपक्षमा छौँ।’

प्रधानमन्त्री दाहालले चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने स्पष्ट पारे। उनले दुई देशको सभ्यता नदी र हिमशृंखलाले मात्र जोडिएका छैनन्, यसमा हाम्रा साझा संस्कृति र जनस्तरको सम्बन्ध पनि प्रमुख रहेको बताए।

 

प्रकाशित मिति: १९:३५ बजे, आइतबार, पुस २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्