Kathmandu Press

रोचक घिमिरे र रुक्मिनी श्रेष्ठलाई प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाल प्रज्ञा–प्रतिष्ठानले प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेलाई प्रदान गरेको हो।
रोचक घिमिरे र रुक्मिनी श्रेष्ठलाई प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार

काठमाडाैं, पुस २९ : यस वर्षको प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार रोचक घिमिरे र रुक्मिनी श्रेष्ठलाई प्रदान गरिएको छ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाल प्रज्ञा–प्रतिष्ठानले प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेलाई प्रदान गरेको हो।

Hardik ivf

त्यस्तै प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार वरिष्ठ साहित्यिक पत्रकार रुक्मिणी श्रेष्ठलाई प्रदान गरिएको हो। दुवै पुरस्कारको राशि जनही ५० हजार रुपियाँ रहेको छ। प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले उक्त पुरस्कार प्रदान गरेका थिए।

प्रज्ञा प्रतिष्ठानले पहिलो पटक प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार र प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कारको स्थापना गरेको हो। 

प्रकाशित मिति: १७:१० बजे, आइतबार, पुस २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्