राष्ट्रियसभामा आफ्ना उम्मेदवारलाई विजयी गराउन सत्ता गठबन्धनकाे अपिल
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको गठबन्धन बैठक संयुक्त अपिल जारी गर्दै राष्ट्रियसभाको निर्वाचनका लागि प्रस्तुत उम्मेदवार सबैका साझा भएको भन्दै आफ्ना उम्मेदवारलाई विजयी गराउन आह्वान गरेको हो।
काठमाडाैं, पुस २९ : सत्ता गठबन्धन दलले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि तय भएका आफ्ना उम्मेदवारलाई विजयी बनाउन आह्वान गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको गठबन्धन बैठक संयुक्त अपिल जारी गर्दै राष्ट्रियसभाको निर्वाचनका लागि प्रस्तुत उम्मेदवार सबैका साझा भएको भन्दै आफ्ना उम्मेदवारलाई विजयी गराउन आह्वान गरेको हो।
देशमा दिगो शान्ति, सुशासन, विकास, समृद्धि र सामाजिक न्याया प्राप्त गर्ने गठबन्धनको साझा लक्ष्य भएको गठबन्धनले जनाएको छ।
बैठकपछि जारी अपिलमा लोकतान्त्रिक गणतान्त्रिक प्रणालीको सुदृढीकरण, राजनीतिक स्थिरता, दिगो शान्ति, सुशासन र समृद्धिका लागि गठबन्धन प्रतिबद्ध रहेको र निष्ठापूर्वक क्रियाशील रहने उल्लेख गरिएको छ।
बैठकमा आफ्ना उम्मेदवारलाई जिताउने बिषयमा छलफल गर्दै संयुक्त अपिल जारी गरिएको कांग्रेस मुख्य सचेतक रमेश लेखकले जानकारी दिनुभयो। प्रदेश र जिल्लामा गठन भएका समन्वय समितिका बारेमा पनि व्रिफिङ गर्ने काम भएको उहाले बताए।
गठबन्धनको संयुक्त अपिलमा निर्वाचनका क्रममा गठबन्धनलाई कमजोर गर्ने विभिन्न गतिविधि हुनसक्नेतर्फ सचेत गराइएको छ।